दफा ३४
विभागीय कारबाही हुनेः
(१) यस ऐन बमोजिम
अनुसन्धान अधिकृत वा अनुसन्धान तथा
तहकिकातमा संलग्न अन्य कर्मचारीले जानी जानी
कुनै व्यक्तिलाई दुःख दिने नियतले कुनै कार्य
गरेको वा वदनियत साथ राजस्व चुहावटमा मद्दत
गरेको प्रमाणित भएमा त्यस्तो कर्मचारीलाई
विभागीय कारबाही गरिनेछ र त्यसरी मर्का पर्ने
व्यक्तिलाई प्रचलित कानून बमोजिम क्षतिपूर्ति
दिइनेछ।
(२) यस ऐन बमोजिम राजस्व चुहावटको कसूरको अनुसन्धान तथा तहकिकात गर्दा कुनै राष्ट्रसवक कर्मचारीले प्रचलित कानूनले तोकेको पदीय दायित्व जिम्मेवारीपूर्वक प्रा नगरेको, पदीय आचरण सम्बन्धी कुरा उल्लङ्घन गरेको बा लापरवाहीपूर्वक कार्य गरी राजस्व चुहावट हुन गएको देखिएमा त्यस्ता राष्ट्रसेवक कर्मचारीलाई आधार र कारण सहित विभागीय कारबाहीको लागि विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् अधिकारप्राप अधिकारी समक्ष 'लेखी पठाउन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम लेखी आएमा अधिकारप्राप्त अधिकारीले त्यस्तो राष्ट्र सेवक कर्मचारीलाई प्रचलित कानून बमोजिम विभागीय कारबाही गर्नु पर्नेछ । (४) यस दफा बमोजिम कुनै राष्ट्रसेवक कर्मचारीलाई बिभागीय सजाय भएको कारणले राजस्व चुहावटको कसूरमा मुद्दा चलाउन र सजाय गर्न बाधा पर्ने छैन।